Aamsanchar

धनकुटामा तेस्रो हिले उत्सवकाे तयारी

Author Image
आइतवार, चैत १८, २०८०

हिले- आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो ।

उत्सवमा फुटबल, भलिवल, राष्ट्रिय कलाकारको प्रस्तुती, खानाका स्टल, घरेलु उत्पादनका स्टल बाल उद्यान आदि रहने छ । हिले फुटबल क्लब र भलिवल क्लवको आयोजनामा हिलेमा खेलकुद सहितको पहिलो पटक उत्सव हुन लागेको हो । प्रत्येक वर्ष बेग्लाबेग्लै हुँदै आएको फुटबल र भलिबललाई समेत समाबेस गरि उत्सव हुन लागेको को हिले भलिबल क्बलका अध्यक्ष संजिव तामाङ्गले जानकारी दिनुभयो ।

उत्सव २१ दिनसम्म सञ्चालन हुनेछ । करीब ८० लाख रुपियाँ खर्च लाग्ने सो उत्सवमा स्थानीय पालिका प्रयोजक, स्टल बुकिङ्ग तथा कलाकारको टिकट बिक्रिबाट खर्चको जोहो गरिने हिले फटबल क्बलको अध्यक्ष राजु तामाङ्गले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर