Aamsanchar

बिर्तामा घाँटी रेटेर ह*त्या गरिएको अवस्थामा युवकको शव फेला

Author Image
आइतवार, चैत १८, २०८०

नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०-२२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा आइतबार शव फेला परेको हो ।

घाँटीमा हतियार प्रहार गरेर घाँटी रेटेर खाँको हत्या गरिएको देखिएको डिएसपी डाँगीले बताउनुभयो । उहाँले खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको जनाउँदै घट्ना बारे तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान थालिएको बताउनुभयो ।

घटना रातीको भएपनि प्रहरीले घटनाबारे आइतबार दिनमा मात्रै थाहा पाएको थियो । मृतक अरबी खाँ पूर्व वडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले खाँको मोबाइल र उनका साथीहरूसँग सोधपुछ गरेर हत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)