![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240331_174527468.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ओखलढुङ्गा- ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।
पर्यटन प्रवर्द्धनका लागि अग्लो बुद्धको मूर्ति यहाँ निर्माण गरिएको वडाध्यक्ष विष्णु तामाङले बताउनुभयो । मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मूर्ति निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने केत्तुके बजारमा पर्यटन प्रवर्द्धनका लागि बुद्धको मूर्तिसँगै अन्य पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन् । सोही स्थानमा गुम्बा, बुद्धको मूर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । यसका साथै पछिल्लो समय केत्तुके बजार जिल्लाकै मौलिक बजारका रूपमा विकसित भइरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
स्थानीय उत्पादनहरू दाल, तरकारी, फलफूल लगायतका खाद्य सामाग्रीहरू विशेष गरी बिक्रीका लागि राख्ने गरिएको पाइन्छ । ओखलढुङ्गा र सोलुखुम्बु आऊ जाऊ गर्ने यात्रुहरूलाई लक्षित गरेर बजारमा रैथाने उत्पादनलाई बिक्री गर्ने गरिएको हो । तामाङ समुदायको बाक्लो बसोबास भएको केत्तुकेलाई पर्यटकीय हबका रूपमा विकास गर्न वडाध्यक्ष तामाङले आफैले घोडा खरिद गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घोडचढीको व्यवस्था गर्नुभएको छ ।
मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके लगायत लिब्जु उपो सामाथान, सातसल्लेको सहिद पार्क, किराँतेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवर्धन गरी युवाहरूमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।