Aamsanchar

रुसी सेनामा ´फसेका`आफन्तको उद्दारको माग गर्दै प्रदर्शन

Author Image
सोमवार, चैत १९, २०८०

काठमाडौं – रुसी सेनामा ´फसेका`आफन्तको उद्दारको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार,राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।

आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले बेपत्ता भएकाहरूलाई स्वदेश फिर्ता गराइदिन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)