Aamsanchar

१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

Author Image
सोमवार, चैत १९, २०८०

काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको अनुसधानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ गरेको मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको आमसंचारलाई जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर