Aamsanchar

ताप्लेजुङमा कुकुरको आक्रमणबाट ६ जना घाइते

Author Image
सोमवार, चैत १९, २०८०

ताप्लेजुङ-ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट ६ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित ६ जनालाई घाइते बनाएको हो ।

वडाध्यक्ष लक्षुमन राई ९ललित० का अनुसार बालबालिकासहित तीन पुरुष र तीनजना महिलालाई कुकुरले आक्रमण ९टोकेर० गरेर घाइते बनाएको छ । कुकुरको आक्रमणबाट घाइते हुनेमा वडासदस्य सञ्जु आङ्बुहाङसहित वडा–५ चाँगेका तीनजना, वडा–४ का दुई र मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका एकजना रहनुभएको छ ।

उहाँहरूलाई शनिबार बेलुका र आइतबार दिउँसो कुकुरको आक्रमण गरेको वडाध्यक्ष राईले बताउनुभयो । कुकुरको आक्रमणबाट घाइते भएकाले जिल्ला अस्पताल ताप्लेजुङ पुगेर उपचार तथा रेबिजविरुद्धको खोप सेवा लिएका छन् ।

कुकुरले टोकेर अनुहारमा गम्भीर चोट लागेका एक बालकलाई भने थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उक्त कुकुरले गाउँका अन्य कुकुर, बङ्गुर, भैँसी लगायतका पशुचौपायालाई समेत आक्रमण गरेको छ । शङ्कास्पद लक्षणसहित गाउँमा आतङ्क मच्याएको कुकुर सोमबार मरेको पनि उहाँले जानकारी दिनुभयो । सो कुकुरमा रेविज लागेको हुनसक्ने आशङ्का गरिए पनि पुष्टि भने भइनसकेको बताइएको छ ।

यता कुकुरले मानिस र पशुचौपायालाई आक्रमण गरेपछि वडा कार्यालयले आक्रमणमा परेका पशुचौपायालाई सोमबार खोप लगाई दिएको छ । पाँचथरको फिदिमबाट रेबिजविरुद्धको खोप रातारात ल्याएर आक्रमणमा परेका कुकुरसहितका पशुचौपायालाई लगाई दिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार केही पशुचौपाया र सो कुकुर पालेको क्षेत्र वरिपरिका १८ वटा कुकुरलाई रेविजको खोप लगाइएको छ । शङ्कास्पद लक्षण देखिएको कुकुरले आक्रमणसहित आतङ्क मच्चाएकाले अबको दुईरतीन दिनभित्र वडाभरिका कुकुरलाई रेबिजविरुद्धको खोप दिने अभियान नै चलाउने तयारी भएको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)