Aamsanchar

जलजलामा श्रीमान श्रीमतीकाे हत्या

Author Image
मङ्गलवार, चैत २०, २०८०

बेनी-  पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ।

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ। जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर