Aamsanchar

चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, चैत २०, २०८०

वीरगन्ज – वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-४ विर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अन्सारी रहेका छन्।

दुवै जनालाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक बोगटीका अनुसार गत शुक्रबार वीरगन्ज-१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरी राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो।

होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए। पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए।

 

अन्सारीको साथबाट पनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बोगटीले बताए। दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बोगटीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर