![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240402_170342690.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
वीरगन्ज – बारामा श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् ।
उनीहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
न्यौपानेका अनुसार, सोमबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासँग जोडिएको बाराको विश्रामपुर गाँउपालिका-४ मुसहर्वामा पुगेको थियो । उक्त प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका प्रदेश २–०३–०१६प२३३७ नम्बरको मोटरसाइकलमा सवार पटेललाई रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट नेपाली १३ लाख ५० हजार रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो। उनले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक न्यौपानेले जानकारी दिए ।
पटेलको साथबाट बरामद रकम हुण्डीको कारोबारका लागि ल्याइएको भन्दै प्रहरीले पक्राउ परेका पटेल र कुशवाहा दुवै हुण्डीको कारोबारी भएको प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।