Aamsanchar

सीमावर्ती युवाका लागि सशस्त्र प्रहरीद्वारा कपाल काट्ने १५ दिने तालिम दिन सुरु

Author Image
मङ्गलवार, चैत २०, २०८०

इनरुवा- लोककल्याकारी र युवाहरुको क्षमता विकासका लागि सुनसरीको सीमावर्ती गाउँका युवाहरुका लागि सशस्त्र प्रहरी बल नेपालले कपाल काट्ने सम्बन्धी १५ दिने तालिम दिन सुरु गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको सीमा क्षेत्रका बासिन्दा तथा युवालाई लक्षित गरी १५ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालनमा ल्याएको हो ।

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक ९कपाल काट्ने० तालिम सञ्चालनमा ल्याएको जनाएको छ ।

तालिमको सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नुभएको छ । बराह बाहिनी पकली र नम्बर ४ गण हेड क्वाटर इनरुवा सुनसरीको आयोजनामा केशकर्तक तालिम सुरु भएको हो । तालिममा स्थानीय २० जना युवालाई प्रशिक्षण दिइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

केशकर्तक तालिम सीमा इलाकामा बसोबास गर्ने स्थानीयसँग समन्वय र सहकार्य गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने संगठनको मर्म र उद्देश्य बमोजिम सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताउनुभयो ।

कार्यक्रममा बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सिमावासीको सवालमा एपीएफले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम क्रमशः अन्य स्थानमा समेत आयोजना गर्दै लैजाने बताउनुभयो ।

सशस्त्र प्रहरी बलले हरिनगरमा सञ्चालनमा ल्याएको केशकर्तक (कपाल काट्ने)तालिममा पालिकाले छनोट गरेका २० जना स्थानीय सहभागी रहेको र उनीहरुका लागि १५ दिने निःशुल्क तालिम प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)