Aamsanchar

प्रथम यू २१ खो खो प्रतियोगिता हुने

Author Image
मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्मि प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्मि प्रदेशको धनगढीमा प्रतियोगिता हुन गइरहेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यो प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता, २०८० चैत २४ देखि २७ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने जनाइयो । सहआयोजक सुदूरपश्चिम प्रदेश खो खो संघका अनुसार तयारीका सम्पूर्ण कामहरु पूरा भइसको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम चैत २४ गते दिउँसो २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलात्त घिसिङको प्रमुख आतिथ्यमा हुनेछ ।

प्रतियोगितामा सेती, मधेश, बागमती, गण्डकी, बुम्बिनी र सुदूरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबाट महिला पुरुप गरी १२ टिमका १४४ खेलाडी तथा २४ प्रशिक्षक र ६ टिम व्यवस्थापक गरी कुल १७२ जनाको सहभागिता रहने छन् । प्रतियोगिता सञ्चालनशे लागि जम्मा २० जना निर्णायकहरुको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर १० जना स्वयम्सेवकहरु परिचालित हुनेछन् । सो प्रतियोगितामा खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक, स्वय्सेवक र संघका पदाधिकारीहरु गरी कुल २२५ जना परिचालित हुने छन् । यस प्रतियोगिताको लोगोको रुपमा सोही क्षेत्रमा सर्वाधिक पाइने संरक्षिक जनावर बाघले शिकारको लागि डाइभ दिइरहेको चित्रलाई लिइएको छ । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने जनाइएको छ ।

प्रतियोगितामा आयोजक संघका अध्यक्ष प्रदीप महर्जनले संघले अहिलेसम्म पुरुपतर्फ सात र महिला छ वटा राष्ट्रिय प्रतियोगिताहरु गरिसकेको जनाए । १२औ र १३ औ दक्षिण एशियली खेलमा लगातार काँस्य र रजत पदक दिलाउँदै आएको यस खेलले गुवाहाती, भारतमा २०२३ नोभेम्बरमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनशीप प्रतियोगितामा पनि महिला र पुरुष दुबैतर्फ देशको लागि रजत पदक जित्न सफल भएको उनले बताए । यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छबि बनाएको खो खो खेललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता २०८० आयोजना गर्न नेपाल सरकारको रातो कितावमा उल्लेख गरी १२ लाख बजेट विनियोजन गरेबाट नेपाल खो खो संघ परिवार तथा खो खो खेल प्रेमीहरु अत्यन्त हौसियको उनले बताए छ ।

सम्मेलनमा आयोजक संघका महासचिव शंकर महत, प्रमुख प्रशिक्षक लक्ष्मीनारायण बैद्य, सल्लाहकार दीपक बस्नेत, वागमति प्रदेश खो खो संघका अध्यक्ष राजेश शाक्यलगायतले खो खो खेलका विभिद् वषयहरुमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर