Aamsanchar

दाउरा प्रहारबाट बृद्दाकाे हत्या, ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट एक पक्राउ

Author Image
बुधवार, चैत २१, २०८०

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्या भएको छ।

स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको दाउरा प्रहारबाट हत्या भएको सर्लाही प्रहरीले जनाएको छ। मङ्गलबार साँझ करिब ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको थियो।

हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए। नजिकै रहेको ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा २८ वर्षीय ती युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवम् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

मृतकको अनुहारमा चोट देखिएको छ। शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ।

मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मङ्गलबार राति नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएको छ। वृद्धाको हत्या हुनुको कारण खुल्न बाँकी छ। यसबारे पत्रकार सम्मेलन नै गरेर सावजनिक गर्ने ज्ञवालीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)