Aamsanchar

किसानलाई अनुदानमा ‘स्यालो ट्युबवेल’

Author Image
बुधवार, चैत २१, २०८०

कञ्चनपुर – उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका-१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ।

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ। सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकतका आधारमा स्यालो ट्युबवेल जडान गरेको वडाध्यक्ष लालबहादुर ऐरले बताए।

‘चालु आवमा तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी सात लाखमा सातवटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ’, उनले भने, ‘गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरेका थियौँ।’

उहाँका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन्। ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए। सिँचाइ सुविधा उपलव्धपछि किसान अन्नबालीसँगै तरकारी खेती गर्दै आएका छन्।

‘धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशे पानीकै भर पर्नुपर्ने अवस्था थियो’, स्थानीय किसान कालुराम चौधरीले भने, ‘वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलब्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ।’

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काटने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ। वडा कार्यालयका अनुसार गत आवमा १२८ डुँड,, ११ वटा चारो काट्ने मेसिन, नौवटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो।

चालु आवमा १९ वटा चारो काटने मेसिन, १५ घाँस र खुवाउने स्ट्याण्ड र ८० वटा डुँड, पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने वडाको योजना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)