Aamsanchar

चैत २७ गतेदेखि बिस्केट जात्रा शुरु हुने

Author Image
बुधवार, चैत २१, २०८०

काठमाण्डौ – भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गते मङ्गलवारदेखि शुरु हुने भएको छ ।

नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर शुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ ।

जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिनुभयो । यही चैत २६ गते सोमवारसम्म रथमा रङ्गरोगन एवम् सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न शुरु गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर