Aamsanchar

पक्राउ परे गाँजा खाएर सवारी चलाउने ६ चालक

Author Image
बुधवार, चैत २१, २०८०

स्याङ्जा – सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा खण्डमा सार्वजनिक सवारी साधन चलाउनेमध्ये ६ जना चालकले लागू पदार्थ सेवन गरेको पाइएको छ।

प्रहरी र ट्राफिक कार्यालयले मंगलबार ४८ जना चालकको परीक्षण गर्दा ६ जनाले गाँजा खाएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका रुपन्देहीका ४७ वर्षीय पदमबहादुर डिसुवा, पोखरा महानगरपालिकाका २६ वर्षिय विशाल गुरुङ, पोखराकै ४८ वर्षीय होमबहादुर खत्री, पुतलीबजार नगरपालिकाका २६ वर्षीय अजय नेपाली, वालिङ नगरपालिकाका ३६ वर्षीय साजन थापा, र फेदिखोला गाउँपालिकाका ३७ वर्षीय अमृत मिजार रहेका छन्।

 

उनीहरूलाई ‘सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा’ मुद्दा दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ५ दिनको म्याद थपगरि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर