Aamsanchar

बाँके कारागारका एक जना कैदीको मृ*त्यु

Author Image
बुधवार, चैत २१, २०८०

नेपालगन्ज- नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातले मृत्यु भएको हो।

जेलर शाहका अनुसार बुधबार बिहान जोलाहको स्वास्थ्यमा समस्या आई एक्कासि छाती दुखेपछि उनलाई उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएकोमा त्यहाँको त्यहाँ मृत्यु भएको थियो।

मृतक जोलाह तीन महिना अघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएपछि कारागारमा कैदीको रूपमा रहँदै आएको कारागारले जनाएको छ।

गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार आएको जेलर शाहले बताउनुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)