Aamsanchar

किराँत याक्थुङ चुम्लुङको मौलिक सांस्कृतिक महोत्सव हुँदै

Author Image
बुधवार, चैत २१, २०८०

फिदिम –किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौँ जिल्ला अधिवेशन तथा मौलिक सांस्कृतिक महोत्सव चैत २३ र २४ गते सदरमुकाम फिदिममा हुने भएको छ।

चुम्लुङले फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको खुला मञ्चमा उद्घाटन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शनिबार अधिवेशन सम्पन्न हुने चुम्लुङ पाँचथरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो ।

अधिवेशनको अवसर पारेर बृहत् मौलिक सांस्कृतिक महोत्सवसमेत आयोजना गरिने केरुङको भनाइ छ । महोत्सवमा लिम्बू जातीका सांस्कृतिक झाँकीसहित साङ्गीतिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चुम्लुङले जनाएको छ ।

अधिवेशनमा एक सय २१ प्रतिनिधि र ६१ जना पर्यवेक्षकले सहभागिता जनाउने आयोजकले जनाएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने केरुङको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर