काठमाडौँ । नेप्सेमा २.७३ अंकको गिरावट आएको छ । विहिबार नेप्से सूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा कायम भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
त्यस्तै आज सबैभन्दा धेरै मुल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्बोत्तम सिमेन्टको ५.८५ प्रतिशत मुल्य घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २३ करोड ३२ लाख ९१ हजार ६१२ बराबरको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 26