Aamsanchar

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्।

बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन्। सो क्रममा मुख्यमन्त्री चौधरीले प्रदेशको समृद्ध र विकासभन्दा पनि मन्त्री र मुख्यमन्त्रीको दौडले गर्दा जनतामा निराशा छाएको बताए।

उनले औचित्य पुष्टि गर्न नसक्दासम्म अहिलेकै अवस्थामा प्रदेशको विकास हुन नसक्ने जिकिर गरे। अहिलेको राजनीतिक उथलपुथल र एक अर्काप्रति लान्छना लगाएर देशको बिकास हुन नसक्ने र संघीयता नै धरापमा पर्ने उनले बताए।

 

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए। बहुमत जुटाउने प्रयास गर्दै विश्वासको मत लिने तयारी गरे पनि असफल भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर