Aamsanchar

फिफाको विश्व वरीयतामा नेपाल तीन स्थान तल झर्‍यो

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाण्डौ – फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाल गएको फ्रेबुअरीमा एक सय ७५औँ स्थानमा थियो । वरियतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत् छ ।

काठमाण्डौ – फिफा वरीयतामा नेपाल ३ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७८ औँ स्थानमा छ । नेपाल यसअघि १ सय ७५ औँ स्थानमा थियो ।

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब प्रदर्शन गरेपछि नेपालको वरीयता खस्किएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरणमा समूह ´एच` मा रहेको नेपालले बहराइनसँग दुई वटा खेल खेलेको थियो । बहराइनमै भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।

फिफाको नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा इङ्ग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, इटाली र क्रोएसिया शीर्ष १० मा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर