Aamsanchar

होस्टलको पाँच तलामाथिबाट हाम फालेकी युवतीको मृ*त्यु

Author Image
शुक्रवार, चैत २३, २०८०

दोलखा – होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवती मृत्यु भएको छ।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।

उनको गएराति ‍११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

पोखरा स्थाइ घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर