Aamsanchar

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ*त्यु

Author Image
शुक्रवार, चैत २३, २०८०

बैतडी – बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि दुई जनाको मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। मृत्युु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी रहेका छन्। अर्का एक पुरूषको पनि मृत्यु भएको र उनको परिचय खुल्न बाँकी रहेको छ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर