Aamsanchar

सुनसरी तनावग्रस्त : कर्फ्युबीच झडप, ६ राउण्ड हवाई फायर

Author Image
शुक्रवार, चैत २३, २०८०

विराटनगर : यतिबेला सुनसरीको भुटाहामा तनावग्रस्त भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको हो।

प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ। दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएको र घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर