Aamsanchar

अर्को सूचना नभएसम्म सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

Author Image
शुक्रवार, चैत २३, २०८०

इनरुवा – जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत ध्यानमा राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर