Aamsanchar

फोहोर फाल्न बनाइएको पोखरीमा डुबेर २ बालकको मृ*त्यु

Author Image
शनिवार, चैत २४, २०८०

धनकुटा – धनकुटा नगरपालिका-१० मार्गास्थित फोहोर फाल्न बनाइएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ। त्यहाँ सञ्चालनमा रहेको विजय पोल्टी फार्मले छेउमा निर्माण गरेको पोखरीमा डुबेर धनपा-१० का ११ वर्षीय मनिष खतिवडा र धनपा-९ का १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको हो।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले बताए। घटनास्थल हिलेदेखि ११ किलोमिटरको दूरीमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर