Aamsanchar

राप्रपानिकट भूतपूर्व सैनिक सङ्गठनद्वारा राजधानीमा मार्चपास

Author Image
आइतवार, चैत २५, २०८०

काठमाडौं – राप्रपामा आवद्ध भूपू सैनिकले काठमाडौंमा मार्चपास गरेको छ। गणतन्त्र खारेजी र राजसंस्था पुनस्स्थापनको मागसहित आइतबार दिँउसो राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गरेको हो।

भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिकहरूले १६ वर्षे पेन्सन सुनिश्चित गर, राष्ट्र निर्माताको सम्मान गर, राष्ट्रियता, सार्वभौमिकताको रक्षा गरिनुपर्ने, हिन्दू राष्ट्र र राजसंस्था पुनस्स्थापना गर लगायतका प्लेकार्ड बोकेका थिए।

 

 

नेपालको झण्डासमेत बोकेर भएको सद्भाव र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरू सहभागी भएका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो।

यस अगाडि राप्रपाका अध्यक्ष लिङ्देनले सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनको घोषणा गरेका थिए। राप्रपाले चैत २७ मा काठमाडौंमा बृहत जनप्रदर्शन गर्दैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर