Aamsanchar

भेडेटारमा सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजा बरामद

Author Image
सोमवार, चैत २६, २०८०

धनकुटा। धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर