Aamsanchar

सुनसरीबाट रकम लुटेर भागेका दुई जना पक्राउ

Author Image
सोमवार, चैत २६, २०८०

धरान – सुनसरीको इनरूवा नगरपालिका-९, चाइनिज स्कुल नजिकै एकान्तबाटोबाट रकम लुटेर फरार भएका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउपालिका-५ का २९ वर्षीय मो.इब्रान मन्सुरी मियाँ र वडा नम्बर ४ का ३६ वर्षीय उमेश मुखिया रहेका छन्।

यही चैत २१ गते जग्गा बिक्री गरेर घर फर्कदै गरेका सुनसरीको हरिनगरा गाउँपालिका-२ का ६१ वर्षीया सहिरा मिया र उनको नाति ३० वर्षीय आशिफ अंसारीको साथबाट ५ लाख ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार उनीहरूले प्रयोग गरेको को प्र १-०२-०४५ प १६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।

उनीहरुले लुटेको रकममध्ये लुटिएको मध्ये प्रतिव्यक्ति ५१ हजारका दरले जम्मा एक लाख २ हजार रकम बरामद गरिएको उनले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सुनसरीमा प्रस्तुत गरी ६ दिनको म्याद थप अनुमति लिई घटनाको अनुसन्धान थलिएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)