Aamsanchar

कांग्रेसले पुडासैनीलाई उम्मेदवार बनाउने

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवि पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए।

भोलि हुने राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। सत्ता गठबन्धनले कसैलाई पनि उम्मेदवार चयन गरेका छैनन्।

बैठकमा सरकारका तर्फबाट आज गृहमन्त्री रवि लामिछानेले संसद्मा पेश गर्न लागेको विधेयकका सम्बन्धमा रणनीति बनाउने बताइएको छ।

कांग्रेसले सहकारी ठगी प्रकरणका बारेमा जाँचबुझका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ भने सरकार त्यसलाई अमान्य भन्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर