Aamsanchar

२८ वर्षीय छोराको कुटपिटबाट बुबाको मृत्यु

Author Image
मङ्गलवार, चैत २७, २०८०

संखुवासभा – पाँचखपन नगरपालिका– २ गैरीगाँऊ छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। पाँचखपन– २ गैरीगाँऊमा २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुबा युवराज राई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जगबुले जानकारी दिए।

प्रहरी निरिक्षक जगेबुका अनुसार गएराति घरायसी विषयमा विवादमा हुँदा छोरा सुमनको कुटपिट बाट गम्भीर घाइते भएका बुबा युवराज उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो।

छोरा सुमनको कुटपिट बाट शरीरको विभिन्न तथा टाउकोमा चोट लागेर युवराज गम्भीर घाइते भएका थिए। कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतकको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर