Aamsanchar

चतरामा आजदेखि महाकुम्भ मेला

Author Image
मङ्गलवार, चैत २७, २०८०

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा आजदेखि महाकुम्भ मेला शुरु हुँदैछ । मेलाको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चतरा पुग्नुभएको छ । मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका अनुसार मेला एक महिनासम्म चल्नेछ ।

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झण्डै पाँच सय व्यापारिक स्टल रहनेछन् । कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्रीरवितरण गर्न रोक लगाइएको छ ।

मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले साविक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले जाँड–रक्सी र माछामासु बक्रिी गर्न रोक लगाएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर