Aamsanchar

कैलालीमा दिदीबहिनी मृत भेटिए

Author Image
मङ्गलवार, चैत २७, २०८०

कैलाली – कैलालीको मध्य क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत भेटिएका छन् ।

स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु र २२ वर्षीया इन्द्रा घरको सुत्ने कोठाको धुरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिएको र दिदीले मुटुरोगको र बहिनीले डिप्रेशनको औषधि खाइरहेका पाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर