Aamsanchar

घाँस काट्न गएकी महिलाको हात्तीको आक्रमणबाट ज्यान गयाे

Author Image
मङ्गलवार, चैत २७, २०८०

टीकापुर- हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो।

समूहमा घाँस काटन गएकी महिला हात्ती देखेपछि भागेका थिए। सँगै गएकी जसुदेवी नफर्केपछि फर्केर हेर्न जाँदा हात्तीले मारेर फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकेन्द्र अवस्थीले जानकारी दिनुभयो। जुसदेवीको घाँटीमा चोट लागेको, नाकबाट रगत बगेको देखिएको छ। मृतक बटालाको शव टीकापुर अस्पताल ल्याउने तयारी भइरहेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्ती कर्णाली वारीका जङ्गलमा आएर बस्ने गरेको र बेलाबेला मानिसलाई आक्रमण गर्ने गरेको छ। २०७९ असारको पहिलो साता पनि टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षकी टङ्क सोडारीको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर