Aamsanchar

इलाम– २ उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन

Author Image
मङ्गलवार, चैत २७, २०८०

इलाम-इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तोकिएको समयभित्र एक जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबार प्रकाशन गरेको हो ।

आगामी वैशाख १५ को निर्वाचनका लागि इलाम– २ मा १२ दल र आठ स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको थियो । यीमध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार दिउँसो ३ बजेपछि स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिइनेछ । स्वतन्त्र उम्मेदवारहरुले आफैं चुनाव चिह्न रोज्न पाउने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर