Aamsanchar

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

Author Image
मङ्गलवार, चैत २७, २०८०

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर