Aamsanchar

मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घर बनाइदिने

Author Image
मङ्गलवार, चैत २७, २०८०

उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.४ स्थित खोरिया टोलमा १५ परिवारलाई र वडा नं. १ मा १५ परिवारलाई सुरक्षित आवास बनाइदिन लागेको हो ।

खोरिया टोलमा सोमबार घर निर्माण अभियान सुरु भएको छ । कानेपोखरी गाउँपालिकाको रु। १ करोड र ह्याविटाट नेपालको ४० लाख रुपियाँ गरी कुल १ करोड ४० लाख रुपियाँमा ३० वटा घर निर्माण गर्न थालिएको कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । अध्यक्ष इङ्नामका अनुसार विपन्न परिवारले भान्छाघर र अलगै शौचालय सहित पानी पिउनका लागि ट्युबवेल समेत प्राप्त गर्नेछन् ।

ह्याविटाट नेपालले यसअघि पनि पालिकासँग सहकार्य गरेको थियो । तर, यो पटक ह्याविटाटका स्वयम् सेवकहरूले घर निर्माणमा श्रमदान गरिरहनुभएको छ । ह्याविटाटका फिल्ड सञ्चार अधिकृत अभिषेक विष्टले भन्नुभयो, सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन ह्याविटाटका ११ जना स्वयम् सेवकले घर निर्माणमा श्रमदान गर्नुहुनेछ । घर थोरै खर्चमा निर्माण होस र श्रम गर्ने बानिको विकास होस भन्ने उद्देश्यले उहाँहरू आफैँ श्रममा लाग्नुभएको हो । उहाँहरू न्यूजिल्याण्डको होम फाउण्डेसन नामको कम्पनीका सञ्चालकहरू हुनुहुन्छ । ह्याविटाटको लगानी उपयुक्त स्थानमा होस र राम्रो सदुपयोग भए नभएको अध्ययन समेत गर्ने उद्देश्यले उहाँहरू श्रममा संलग्न रहेको अधिकृत विष्टले बताउनुभयो ।

यसअघि कानेपोखरी गाउँपालिकाले वडा नं.२ को प्रधानटोलमा १६ परिवार र वडा नं.३ को राजगञ्जमा ३० परिवारलाई सुरक्षित आवासमा सारिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर