Aamsanchar

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

Author Image
बुधवार, चैत २८, २०८०

दाङ – तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए।

मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका–११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भीर घाइते भएका छन्।

घोराही उपमहानगरपालिका–१७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर