Aamsanchar

कार दुर्घटनामा ६ वर्षीय बालकको मृ*त्यु

Author Image
बुधवार, चैत २८, २०८०

अर्घाखाँची-अर्घाखाँचीको पाणिनी गाउँपालिकामा कार दुर्घटनामा घाइते एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सुपा देउराली दर्शनगरी पोखरा जाँदैगरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जना घाइते भएका थिए । घाइतेमध्ये अर्घाखाँची भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उहाँको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो ।

घाइते हुनेमा भूमिकास्थान नगरपालिका-८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उहाँकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका–१२ कि ३० वर्षीया सविता अधिकारी, पोखरा १२ का १५ वर्षीय प्रजोल कँडेल, पोखराकै ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेतको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर