Aamsanchar

एमाले सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

Author Image
बुधवार, चैत २८, २०८०

काठमाण्डौ – नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

आज बुधवार राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारूढ दलहरूको साझा उम्मेदवार घिमिरेको पक्षमा ३९ मत परेको थियो भने कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभयो ।

गएको चैत १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर