Aamsanchar

सत्यवतीमा दुर्लभ ‘किङ कोब्रा’ फेला

Author Image
बुधवार, चैत २८, २०८०

गुल्मी – गुल्मीमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो।

स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र किङ कोब्रा प्रजातिको सर्प भेटिएको कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए। भेटिएको सर्पको करिब तीन मिटर लम्बाई रहेको छ भने ६ किलो ७ सय १५ ग्राम तौल रहेको छ।

सर्पको मंगलबार साँझ पाल्पा जिल्लाको तानसेन नगरपालिका-१४ का सर्प उद्वारकर्ता सागर पाण्डेले सकुशल उद्वार गरेका थिए। मंगलबार साँझ परेकाले बुधबार दिउँसो सुरक्षित स्थान हेरेर सर्पलाई छोड्ने तयारी भइरहेको वन रक्षक थारुले जानकारी दिए।

पसलभित्र रहेको सो सर्पलाई स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी, प्रहरी तथा स्थानीय नागरिकको उपस्थितिमा उद्धार गरिएको बताइएको छ। गर्मीयामको समयमा आगलागीको घटना बढिरहेकाले सुरक्षित रहनको लागि सर्प घरमा पसेको हुनसक्ने अनुमान गरिएको छ। यो सर्प संसारमा पाइने सर्पमध्ये सबैभन्दा लामो विषालु सर्प मानिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर