Aamsanchar

स्व.नेता नेम्वाङकाे सम्मानका लागि इलाम २ मा उमेद्वार उठाएनाैं :मन्त्री रेखा शर्मा

Author Image
बुधवार, चैत २८, २०८०

झापा- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इलाम २ मा माओवादी केन्द्रले स्व.नेता सुवासचन्द्र नेम्वाङकाे सम्मानका लागि उमेद्वारी नदिएकाे बताउनुभएको छ ।

बुधबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले पार्टी उपनिर्वाचनमा डराएको भन्न नमिल्ने बताउनुभएको हो ।

यस्तै सञ्चारमन्त्री शर्माले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताउनुभयो । उहाँले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताउनुभयो ।

मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताउनुभयो । उहाँले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले पत्रकारिता गर्नेकुरा चुनौतिपूर्ण रहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर