Aamsanchar

सुनसरीको पाँच पालिकामा लगाइएको कर्फ्यु हटाइयाे

Author Image
बुधवार, चैत २८, २०८०

धरान – सुनसरीको पाँच पालिकामा लगाइएको कर्फ्यु हटेको छ। हरिनगरा, कोशी, देवानगन्ज र भोक्राहा नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लागाइएको कर्फ्यु हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यले बताए।

हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि सो क्षेत्र अशान्त बनेको थियो। कुटपिटमा संल्गनविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरिले एक जनालाई पक्राउ र अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।

दुई समूहआबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन प्रशासनले कर्फ्यु लगाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर