Aamsanchar

गृहमन्त्रीद्वारा मिटरब्याज पीडितसँग छलफल

Author Image
बुधवार, चैत २८, २०८०

काठमाडौं –उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँगको छलफलमा क्रममा घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने बताए ।
गृहमन्त्री लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको र जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए ।

घटनाको अध्ययन गरेर आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न उनको आग्रह छ ।

छलफलमा पीडित पक्षले साहुको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए । पुराना निवेदनउपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छाविपरीत मिलापत्र गराउने काम भइरहेको उनीहरूको गुनासो थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर