Aamsanchar

झापामा प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ

Author Image
बुधवार, चैत २८, २०८०

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार तथा बेचबिखन समेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार साँझ प्रहरी चौकी बिर्ताबजार झापाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका -९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका -३ का २५ वर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागूऔषध ब्राउनसुगर र १ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका -८ बाट दमक -९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलबार राती ७ ग्राम १०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर