Aamsanchar

सालनालसहितको नवजात शिशु मकै बारीमा फेला

Author Image
बुधवार, चैत २८, २०८०

नेपालगन्ज- बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

स्थानीय ज्योति खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताइएको छ । अहिले सो शिशुलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरको एनआईसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर