![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240410_183105030.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धरान- बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला सुरु भएसँगै दर्शनार्थी भक्तजनका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र १, सुनसरीले धरानस्थित ऐतिहासिक पवित्र धार्मिकस्थल पिण्डेश्वर मन्दिर परिसरमा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा सो हेल्थ डेस्क राखिएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
कांग्रेस प्रदेश सभा १ (१), १ (२), धरान नगर, १४ नं. वडा र नेपाल महिला सङ्घ, प्रदेश सभा १ (१), १ (२), धरान नगर कार्यसमिति, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति र सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स, धरानको सहयोग एवम् अमर पोलिक्लिनिक धरान–१८ को प्राविधिक सहयोगमा एक महिने निःशुल्क हेल्थ डेस्क सुरु गरिएको छ ।
महाकुम्भ मेलामा टाढा–टाढावाट ठुलो सङ्ख्यामा भक्तजन आउने र विविध कारणले बिरामी पर्न सक्ने दर्शनार्थीलाई केन्द्रित गरी महाकुम्भ मेला अविधिभर निःशुल्क हेल्थ डेस्क राखिएको कांग्रेस सुनसरी –१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
कांग्रेस नेता पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले दर्शनार्थी भक्तजनको अचानक स्वास्थ्यमा समस्या आउन सक्ने अवस्था रहने हुँदा स्वास्थ्य सुविधा र स्वास्थ्य रहन मद्दत गर्ने जनचेतनामूलक पर्चासहित स्वास्थ्य शिविर राखेर मानवीय सेवाको काम गरेको भन्दै हेल्थ डेस्कको प्रशंसा गर्नुभयो ।
हेल्थ डेस्क सुरुवात गरेकै दिन १२३ जना दर्शनार्थी भक्तजनले स्वास्थ्य परीक्षण गराएको कांग्रेसका क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्ने काममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी समेत सहभागी भएका थिए ।
दर्शनार्थी भक्तजनले स्वास्थ्यप्रति चिन्तित भएर एक महिनासम्म सञ्चालन हुनेगरी हेल्थ डेस्क राखेर नेपाली कांग्रेसले राम्रो काम गरेको बताएका छन् । हेल्थ डेस्क सञ्चालन तथा व्यवस्थापनमा कांग्रेसका धरान नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन), ३ नं. वडा अध्यक्ष विद्या शाक्य, क्षेत्रीय सल्लाहकार तथा प्रदेश सम्मेलन सदस्य गोविन्द बस्नेत, प्रदेशसभा १ (१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल तरुण दल धरान नगर अध्यक्ष रामकुमार तामाङलगायतले सहयोग गर्नुभयो ।