Aamsanchar

हेरोइनसहित भारतीय सेनामा कार्यरत एक र अर्का एक पक्राउ

Author Image
बिहिवार, चैत २९, २०८०

काठमाडौं –लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर