Aamsanchar

ध्वनि प्रदूषण गराएको भन्दै प्लास्टिकका बाजा नियन्त्रणमा

Author Image
बिहिवार, चैत २९, २०८०

काठमाडौँ – कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका–३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।
पोखरामा बिहीबारबाट फेवा महोत्सव सुरु हुँदै छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ ।

चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो आएपछि बाजा नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर