Aamsanchar

काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा

Author Image
बिहिवार, चैत २९, २०८०

काठमाडौँ – काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले आज दिउँसो उपत्यकामा पानी पर्न शुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए।

“यतिवेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको डढेलोका कारण वायु प्रदूषण बढेको थियो। वर्षाका कारण वायु प्रदूषण घट्नेछ।”

मंगलवार र बुधवार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदूषित शहरका रुपमा सूचीकृत भएको थियो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधवार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ थियो।

सोमवार दिउँसो १६५ एक्यूआई रहेको प्रदूषण, मंगलवार २ सय पुगेको थियो। आज भने प्रदूषण घटेर १७७ एक्यूआईमा सीमित भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर