Aamsanchar

अब नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

Author Image
शुक्रवार, चैत ३०, २०८०

काठमाण्डौ – ´अलेफ ग्रुप` अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ ।

गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ ।

लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बौँ पटक विभिन्न कुरा खोजी गर्छन् । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताका ती रुचि र आवश्यकताअनुसारका सूचना, उत्पादन र सेवाका माध्यमबाट उनीहरूसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज देशको मौसम अवस्था
शनिवार, जेठ १२, २०८१
आजकाे माैसम
मङ्गलवार, जेठ ८, २०८१